नियम १५
कैद सजायको म्याद पुगेपछि छुट्कारा दिनु पर्ने
कारागारका कैदी वा थुनुवाहरु मध्ये कैद सजायको म्याद पुगेपछि नछुटी म्याद पुगेका चौबीस घण्टाभन्दा बढ्ता कैद भएमा जसको गफलतले भएको हो उसलाई प्रचलित कानून बमोजिम गर्नु पर्छ ।